Lead (P)
- सिसा (लेड) शरीरमा जम्मा हँुदै जाने एक प्रकारको विष हो जुन हाम्रो शरीरका विभिन्न शारीरिक प्रणालीहरुमा र विशेषगरी बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।
- कलिलो उमेरमा सिसाको सम्पर्कमा आउनाले प्रत्येक वर्ष लगभग ६,००,००० बालबालिकाहरु वौद्धिक असक्तता समस्यासम्बन्धी नयाँ रोगबाट ग्रसित हुने गर्दछन् ।
- सिसा को सम्पर्कमा आउनाले प्रत्येक वर्ष लगभग १,४३,००० मानिसको मृत्यु हुन्छ र जसमध्ये विकासोन्मूख मूलुकहरुमा सबैभन्दा बढी हुने गर्दछ ।
- सिसा हाम्रो शरीरमा प्रवेश गरिसकेपछि मस्तिष्क, कलेजो, मृगौला र हाडमा जम्मा भै बस्दछ । यो दाँत र हाडमा गएर जम्मा हुन्छ र समय बित्दै जाँदा यसको मात्रा बढ्दै जान्छ ।
- साधारणतया रगतमा सिसाको मापनबाट शरीरमा सिसा भए नभएको कुरा थाहा पाउन सकिन्छ । मानव शरीरमा सिसाको कति पनि मात्रालाई सुरक्षित मान्न सकिदैन् । सिसा विषाक्ततालाई पूर्णतया रोक्न सकिन्छ ।
![]() |
![]() |
![]() |
Lead Poster 2013 | Lead Poster 2013 | Lead Poster 2013 |
![]() |
![]() |
![]() |
Lead Poster (English) | Lead Poster (Nepali) | Lead Free Poster 2014 |